बुटवल । कतारमा जारी विश्वकप २०२२ को दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । खेल सुरु भएको पाँच मिनेटमै एक गोल गरेर फ्रान्सले अग्रतालाई कायम राख्दै ७९ मा पुन एक गोल गर्न सफल भएको थियो ।
खेल अवधिभर मोरक्को फ्रान्समाथि हाबी भएको देखिए पनि अंक निकाल्न भने असफल रह्यो । पटक-पटक गोल गर्ने मौका निर्माण गरे पनि गोल गर्न चुकेको छ । खेलको दोस्रो हाफमा फ्रान्स पूरै डिफेन्सिभ बनेको थियो।
पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ। अर्जेन्टिना तेस्रो पटक विश्व विजेता बन्ने प्रयासमा छ भने फ्रान्स पनि तेस्रो पटकको विजेता बन्ने प्रयासमा छ।
मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको रेकर्ड राखिसकेको छ। तेस्रो स्थानका लागि मोरक्कोले क्रोएसियासँग प्रतिस्पर्धा गर्ने छ।
प्रतिक्रिया