ताजा अपडेट »

पाल्पामा नवजात शिशुको शव फेला

बुधबार, २८ मंसिर २०७९

बुटवल । पाल्पामा नवजात शिशुको शव फेला परेका छ । जिल्लाको रामपुर नगरपालिका –५ बसपार्क नजिकैको नहरमा एक दुई दिन अघि जन्माएर फालेको जस्तो देखिने नवजात शिशु (छोरी) को शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बिरेन्द्र बहादुर थापाले त्यस घटनाको जानकारी दिएका हुन ।
उक्त शिशु कुन महिलाले जन्माएर फालिन भन्ने बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।