भैरहवा । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र भैरहवामा समेत बिस्तार गरेको छ । मंगलबार एक कार्यक्रमका बिच सिद्धार्थ नगर नगर प्रमुखले कुमारी बैंकको पछाडि रहेको उक्त सेवा केन्द्रको उदघाटन गरेका छन ।
कार्यक्रममा बोल्ने वक्ताहरुले अहिले सहकारीको लागि विषम परिस्थिति आएकोले सावधानी अपनाउदै लगानी गर्न अनुरोध गरे । ब्यवहारिक रुपमा गरिने कारोबार जस्तै सहकारीमा कारोबार गर्दा पनि आफुले राम्ररी चिनेको सहकारीमा मात्र गर्नु पर्ने वक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै पुर्व सहकारी निरिक्षक चन्द्रकान्त भट्टराइले केही ब्याजको लोभमा आफ्नो लगानी नगर्न अनुरोध गरे । विशेष गरि अरु जिल्लाबाट आएका सहकारीहरुलाइ विश्वास गरि लगानी गरेकाहरुको लगानी फसेको बताए ।
यस्तै प्रमुख अतिथी सिद्धार्थनगर नगर पालिकाका प्रमुख इश्तियाक अहमद खानले गलत गर्ने सहकारीलाइ कार्यवाही गर्ने बताए । सर्वसाधारण र साना ब्यवसायीहरुले जम्मा गरेको बचतलाइ कुनै पनि सहकारीलाई हिनामिना गर्न नदिने उनको भनाइ छ । यस्तै राम्रो काम गर्ने सहकारीलाइ प्रोत्साहन गर्ने समेत उनको भनाइ थियो । पहिलेको टुगा सहकारी, आस्थाश्री सहकारी र देउनारी विकास सहकारी मर्ज भएर बनेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था बनेको हो ।
सहकारीमा सद्स्यहरुका लागि ५ लाखको दुर्घटना बीमा सुबिधा, ऋण बीमा, निशुल्क रगत सुविधा, समवेदना राहत सुविधा, स्वास्थ सेवामा विशेष छुट, सुत्केरी भेटघाट तथा नव दम्पती स्वागत कार्यक्रम, ज्येष्ठ नागरिक सदस्य सम्मान,बाल बचतकर्ता सम्मान लगायतको सुविधा रहेको संस्थाका अध्यक्ष डीबी थापाले बताए । संस्थामा ६ हजार १ सय ३५ जना सदस्य एवम ७४ करोड पुजि रहेको थापाले बताए ।
संस्थाका अध्यक्ष डीबी थापाको अध्यक्षता सिद्धार्थनगर नगर प्रमुख इश्तियाक अहमद खा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार मनोरन्जन शर्मा, नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनाल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, राष्ट्रिय सहकारी महासंघको सन्चालक भिम प्रसाद तुलाचन, जिल्ला बचत तथा सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका सदस्य गोकुल पोखरेलको सन्चालन एवम उपाध्यक्ष परसुराम बास्तोलाको स्वागतमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया