ताजा अपडेट »

आध्वान नेटवर्क र बुटवल रक्सको संयोजनमा ‘लाइभ फर लाइफ’

मंगलबार, २७ मंसिर २०७९

बुटवल । आध्वान नेटवर्क र बुटवल रक्सको संयोजनमा लाइभ फर लाइफ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा भएको हो ।

उक्त कार्यक्रममा ९ वटा ब्याण्डको प्रस्तुति रहेको थियो। चक्र,‌ड साइन ब्याण्ड, सिन्थेसिस नेपाल, अमाध्यं,‌ रकजिन, सिक्स स्ट्रिङस् , इक्लिपस् , बसन एण्ड फ्रेन्स, प्रत्येक ब्याण्डले‌ ५/६ वटा आफ्ना गीतहरु पर्फम गरे, केहि व्याण्डले कभर गीतहरु प्रस्तुत गरेका थिए। वर्षौपछि भएको यस्ता आउटडोर कार्यक्रममा दर्शकको पनि बाक्लो उपस्थिति रहेको थियो र आउँदो दिनहरूमा पनि यस्तै बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी आधवान नेटवर्कका अशोक थापाले जानकारी दिए।

उक्त कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरी,‌ उद्योगी एजाज आलम‌, रेस्टुरेन्ट संघका‌ अध्यक्ष प्रसन कोइराला लगायतको उपस्थिति रहेको थियो।