बुटवल । बुटवलको कान्ति माध्यमिक विद्यालयमा खेल सप्ताह सुरु भएको छ । विद्यालयको ६९ औँ वार्षिकत्सोव तथा अभिभावक दिवसको अवसरमा आजदेखि तीन दिवसिय खेल सप्ताह सुरु भएको हो । सप्ताहको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले एक कार्यक्रमको बीच उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै शर्माले कान्ति माध्यमिक विद्यालयले विद्यार्थीहरुमा रहेका अन्तरनिहित प्रतिभाको पहिचानका लागि समय समयमा आन्तरिक र बाह्य प्रतियोगीता सञ्चालन गरिरहेको र आगामि दिनहरुमा थप अन्तराष्ट्रियस्तरका कार्यक्रमहरु समेत सञ्चालन गर्ने योजनाका साथ विद्यालयको अतिरिक्त क्रियाकलापको गुरु योजना बनेको बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रार्चाय गोविन्द ज्ञवालीले विद्यालयको ६९ औं वार्षिकत्सोव तथा अभिभावक दिवसलाई ऐतिहासिक बनाउनका लागि सबै विद्यार्थीहरुलाई अनुशासित तवरले आफ्नो रुची र क्षमताका कार्यक्रमहरुमा सहभागीता जनाउनका लागि अनुरोध गरेका थिए । विद्यालयले यहि पौष २ गते सनिबारका दिन पूर्व उपप्रधानमन्त्रि माननीय विस्नु प्रसाद पौडेलको प्रमुख आथित्यतामा मूल समारोह कार्यक्रम गर्नेछ ।
विद्यालय मिती २०७९ मंसिर २७ गते देखी २०७९ मंसिर मसान्त सम्म आन्तरिक र बाह्य नगरस्तरीय विविध विद्याका प्रतिस्पर्धात्मक प्रतियोगीत्मक कार्यक्रम सञ्चालन गर्दैैछ । मिती २०७९ पौष १ गते “विद्यालय उमेर समूहका बालबालिकालाई लागु पदार्थ दुव्र्यसनीबाट बचाउ” भन्ने नाराका साथ कान्ति वाकाथन सञ्चालन गरिनेछ । सामाजिक उत्तरदायित्व अनुसार रहेर विद्यालयले पौष २ गते खुल्ला रत्तदान कार्यक्रम गर्ने कुरा विद्यालयका शिक्षक हुमराज भुसालले बताए ।
प्रतिक्रिया