बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसिएशनले तिलोत्तमा नगरपालिकामा कार्यरत अमिन पदमा कार्यरत इश्वरी भण्डारीमाथि कार्यकक्षमै भएको हातपातको ध्यानाकर्षण भएको जनाएको छ। साथै अपराधिक गतिविधिमा संलग्न व्यक्ति उपर कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न र कार्यस्थलको सुरक्षा प्रत्याभुति दिलाइ कर्मचारीलाई उच्च मनोबलकासाथ काम गर्ने वातावरण मिलाउन माग गरेको छ ।
'यस्ता अपराधिक गतिविधिमा संलग्न व्यक्ति उपर कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न र कार्यस्थलको सुरक्षा प्रत्याभुति दिलाइ कर्मचारीलाई उच्च मनोबलकासाथ काम गर्ने वातावरण मिलाउन जोडदार माग गर्दै पिडित कर्मचारी प्रति सहानुभुती प्रकट गर्दछौं घाइते हुनुभएका अमिन ईश्वरी भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता अपराधिक प्रवृति बिरुद्ध एकजुट हुन समेत सम्पुर्ण कर्मचारीहरुमा आह्वान गर्दछौं ।'- महासचिव सितुप्रसाद श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आइतबार दिउँसो ३ः२० बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ निबासी खिमानन्द काफ्लेले हातपात गरेका हुन् । उनको लालपुर्जामा ५ धुर जग्गा रहेको तर ६ धुर उपभोग गर्दै आएकोमा नगरपालिकाले ५ धुरमा मात्र घर बनाउन दिएको थियो । तर काफ्लेले आफ्नो घर सानो भएकोले ६ धुरमै बनाउन अनुमति नदिएको विषयमा हात पात गरेका थिए ।
प्रतिक्रिया