ताजा अपडेट »

भ्वाइस अफ भैरहवामा छनोट भए उत्कृष्ट दश

सोमबार, २६ मंसिर २०७९
2 Shares

भैरहवा । भैरहवामा जारी ८ औ लुम्बिनी राष्ट्रिय महोत्सव-२०७९ मा भ्वाइस अफ भैरहवाको चौथो सिजनमा १० जना प्रतिष्प्रधीहरु अघिल्लो चरणमा प्रवेश गरेका छन । सोमबार भएको भ्वाइस अफ भैरहवाबाट ६ जना बाहिरिएका छन ।

महोत्सवका साँस्कृतिक समिती संयोजक दिपेन्द्र प्रधानका अनुसार अघिल्लो चरणमा प्रवेश गर्नेमा निहारिका ढुंगाना, रामनिवास यादव, शुभम प्रताप शाही, झलक सुनार, पवन केसी, हिरा बिक, सुल्तान ईद्रिसी, राज चौधरी, आभाष काफ्ले र रुसमिला हरिजन रहेका छन । आज भएको तेश्रो राउण्डबाट मनिष सारू, सन्तराम पासी सुमित सन्यासी, प्रकाश रायमाझी, जया उपाध्याय र सरिता नेपाली बाहिरिएको प्रधानले बताए । अडिसन राउण्डमा भाग लिएका ३३ जना मध्ये २१ जना छानिएका थिए । २१ जना मध्ये दोश्रो चरणमबाट ५ जना बाहिरिएका थिए ।

१० जना मध्ये उत्कृष्ट तीन जनालाइ पुरस्कारको ब्यवस्था गरिएको आयोजकले बताए । साँस्कृतिक समिती संयोजक दिपेन्द्र प्रधानका अनुसार पहिलो हुनेलाइ नगद २५ हजार प्रदान गरिनेछ । यस्तै प्रथम हुनेलाइ एलके सिरिजले १/१ वटा म्युजिक भिडिओ र गीत रेकर्ड गरिदिनेछ । प्रतियोगितामा दोश्रो र तेस्रो हुनेले क्रमशः २० हजार र १५ हजार नगद पुरस्कारको साथै भैरहवा संगीत गुरुकुलबाट एक बर्षको लागि पुर्ण छात्रवृत्ति प्रदान गर्नेछन । यसै गरि उत्कृष्ट ३ जनालाइ नै पाल्पामा रहेको अरुमा एडवेन्चर रिसोर्टमा जोडी सहित १ रातको बसाइ निशुल्क दिने प्रधानले बताए । भ्वाइस अफ भैरहवाको चौथो संस्करणमा रचना क्षेत्री, किशोर बिश्वकर्मा र दिपक विश्वकर्मा निर्णायकको भुमिकामा रहेका छन । कार्यक्रमको सन्चालन दुर्गा गुरुङ्गले गर्दै छिन ।

सिद्धार्थ उध्योग बाणिज्य संघद्वारा आयोजित महोत्सवमा भ्वाइस अफ भैरहवाको बिशेश महत्व रहेको छ । यस अघिका संस्करणका बिजेताहरु अहिले सङ्गीतमा स्थापित कलाकार भएका छन । महोत्सवमा मंगलबार स्थानिय कलाकारहरुको प्रस्तुती संगै लोक दोहरी कलाकारहरु दामोदर बस्याल विष्णु श्रीपालिको प्रस्तुती रहने प्रचार प्रसार समिती संयोजक कृष्ण प्रसाद घिमिरेले बताए । यसै गरि राष्ट्रिय कलाकार अमित बरालको पनि प्रस्तुति रहने घिमिरेले बताए ।