ताजा अपडेट »

जनकपुरमा एक महिलाको हत्या, श्रीमान् पक्राउ

सोमबार, २६ मंसिर २०७९

जनकपुरधाम । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ। आइतबार राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।

उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ ।रितादेवीको हत्याको समयमा उनका श्रीमान् वीरेन्द्र अर्को घरमा सुतेका थिए। हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो ।हत्या आरोपमा रीताका श्रीमान वीरेन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।