बुटवल । रुपन्देहीको तिलोत्तमा ११ ढाक्रेबासमा सम्पन्न टोलस्तरिय पुरूष महिला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगितामा पुरूषतर्फ रामनगर र महिलातर्फ भुल्का टोल बिजयी भएका छन ।
गत मंसिर १६ गतेबाट ढाक्रेबास खेल मैदानमा सुरू भएको नकआउट फुटबल प्रतियोगितामा महिलातर्फ ७ र पुरूषतर्फक १२ समुहले प्रतिष्पर्धा गरेका थिए । पुरूषतर्फको फाईनल प्रतिस्प्रर्धामा भुल्का टोललाई ३–४ गोल अन्तरले हराउँदै रोमाञ्चक रामनगर टोली बिजयी भएको हो । प्रतियोगिताको उपाधि चुम्दै रामनगरले १२ हजार पुरस्कार प्राप्त गरेको छ भने भुल्काले १० हजारमा चित्त बुझाँएको खेल संयोजक सुदेस पुनले जानकारी दिए ।
महिलातर्फ पेनाल्टी शुट आउटमा गणेशनगर टोललाई ३–२ को गोल अन्तरले हराउँदै भुल्का टोल बिजयी भएको छ । भुल्का बिजयी हुँदै १२ हजार र दोश्रो भएको गणेशनगरले १० हजार प्राप्त गरेका छन । त्यस्तै महिलातर्फ रामनगर मृगौली टोल विकास र पुरूषतर्फ कटानी टोल विकास संस्थाको समुह तृतीय भई रू ८÷८ हजार र ट्रफि प्राप्त गरेका छन् ।
बिजेता टिमलाई पुरस्कार वितरण गर्दै लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसद आशिष चौधरीले खेलको विकासका लागि आफू सदैव प्रतिवद्ध रहने बताएका छन् । टोलमा रहेका युवालाई खेलप्रति जागरुक गराउने उदेश्यले सञ्चालन भएको सो प्रतियोगितामा सञ्चालन गरिएको खेल संयोजक सुदेश पुनले जानकारी दिए ।
समापनका अवसरमा बोल्दै तिलोत्तमा ११ का वडा अध्यक्ष विष्णु बरालले आगामी दिनमा अझ व्यवस्थितरूपमा खेलकुदका कार्यक्रम गर्ने बताएका छन् ।
प्रतिक्रिया