भैरहवा । सामुहिक विद्यालय परिवारको आयोजनामा भैरहवामा सम्पन्न १९ औं सामुहिक खेलकुद महोत्सवको विजेता एवरग्रीन प्यासिफिक इङलिस बोर्डिङ स्कुल भएको छ । ५ दिनसम्म चलेको खेलकुद महोत्सवमा ४३ प्वाइन्ट ल्याउँदै रनिङ्ग शिल्ड एवरग्रीनले उचालेको हो ।
यस्तै २५ प्वाइन्ट प्राप्त गर्दै मिनर्वा इङ्लिश हाइ स्कूल फस्ट रनरअप भएको खेलकुद संयोजक मनोज कुमार यादवले जानकारी दिए । बराबर २४÷२४ अङ्क ल्याउँदै यूनिक होम्स बोर्डिङ स्कूल र नेपाल नालान्दा सेकण्डरी स्कूल संयुक्त रुपमा सेकेण्ड रनरअपको रुपमा विजयी भएका छन । सब जुनीयरतर्फ छात्र उत्कृष्ट लुम्बिनी शिक्षा निकेतन, छात्रा तर्फ र सब जुनीयर उत्कृष्टमा नेपाल नालान्दा स्कूल, जुनीयरतर्फ छात्र, छात्रा उत्कृष्ट एवरग्रीन भएको छ । सिनीयर उत्कृष्ट छात्रतर्फ मिनर्वा, उत्कृष्ट छात्रातर्फ नालान्दा र सिनीयर उत्कृष्टमा मिनर्वा रहेको खेलकुद संयोजक यादवले जानकारी दिए ।
१९ औं सामुहिक खेलकुद महोत्सवको समापन गर्दै सिद्धार्थनगर नगर पालिकाका प्रमुख इश्तियाक अहमद खानले भैरहवामै खेलकुदको लागि मैदान बनाउने काम चलिरहेको बताए । उनले नगरपालिकाले स्थान छनौट गरिसकेको र अब दाताहरुको सहयोगमा त्यसलाइ पूर्ण बनाउने बताए । यस्तै छात्रा भलिबलतर्फ मनकामना बोर्डिङ स्कूल पहिलो सनञ्जिवनी शिक्षा सदन दोश्रो र आदर्श विद्यामन्दिर तेश्रो भएका छन् । भलिबल छात्रतर्फ यूनिक होम्स बोर्डिङ स्कूल प्रथम, लर्ड गौतम बुद्ध दोश्रो र यूनिवर्सल ईंग्लिश बोर्डिङ स्कूल तेश्रो भएको खेलकुद संयोजक यादवले जानकारी दिए ।
सामुहिक विद्यालय परिवारका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा उप प्रमुख उमा अधिकारी, परिवारका पूर्व अध्यक्ष इन्द्र बहादुर थापा, कृषि क्याम्पस प्रमुख रामभजन मण्डल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन परिवारकी सचिव श्रीजना पाठकले गरेकी थिइन ।
प्रतिक्रिया