ताजा अपडेट »

सुन तोलाको लाख नाघ्यो

शुक्रबार, २३ मंसिर २०७९

काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख नाघेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।