ताजा अपडेट »

दलित सेवा संघ रुपन्देहीको अध्यक्षमा रामसुभग हरिजन

बुधबार, २१ मंसिर २०७९

बुटवल । दलित सेवा संघ रुपन्देहीको अध्यक्षमा रामसुभग हरिजन चयन भएका छन् । बुधबार सम्पन्न संघको चौथो अधिवेशनले हरिजनलाई अध्यक्षमा ९ सदस्यीय समिति चयन गरेको हो ।

जसको उपाध्यक्ष हृदयराज हरिजन, सचिवमा अमरजित हरिजन, कोषाध्यक्ष सरिता बि.क., सहसचिव निरन्जन हरिजन र सदस्यहरुमा पंचम पासि, रूषा हरिजन, पुनिता हरिजन, तपेश्वरी हरिजन चयन भएका छन् । अधिवेशनमा बोल्दै दलित सेवा संघका केन्द्रीय महासचिव सन्जु सिंह बिश्ववकर्माले दलितहरूको अधिकारमा कटौती हुँदै बताउँदै छुवाछूत मुक्त समाज बनाउन सबै राजनिती पार्टी समाजीक संघ संस्थालाई अपिल गरे ।

उक्त भेलामा दलित सेवा संघका केन्द्रीय सदस्य किस्मत बि. दलित अधिकार मंचका धुर्ब लामगादे र दलित सेवा संघका पुरन हिताङ लगायतले भनाई राखेका थिए । कार्यक्रम दलित सेवा संघका अध्यक्ष रामसुभग हरिजनको अध्यक्षतामा र केन्द्रीय महासचिब सन्जु सिंह बिश्ववकर्मा प्रमुख अथित्यतामा सम्पन्न भएको थियो ।