ताजा अपडेट »

चर्चित गायक रामकृष्ण ढकालको ‘डिभोर्स’

बुधबार, ०९ पुस २०७६

पुस ९,

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धबिच्छेद हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा ढकालको सम्बन्ध बिच्छेद हुनेगरी मिलापत्र भएको हो ।

ढकालपत्नी निलम शाह ढकालले मंगलबार अदालतमा छोडपत्रका लागि निवेदन दिएकोमा बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्धविच्छेदमा सहमति भएको हो । जिल्ला अदालत काडमाडौँका स्रेस्तेदार आनन्द श्रेष्ठले ढकाल र निलमले सम्बन्धबिच्छेदका लागि मञ्जुर भएको बताए ।

अदालतका अनुसार बाढीले अंश नलिने गरी मिलापत्र भएको हो भने रामकृष्ण र निलमको एक छोरी रानीको रेखदेख भने दुबैले मिलेर गर्नेछन् ।