ताजा अपडेट »

होटल पौवामा नयाँ वर्षलाई स्वागत गर्दै साँस्कृतिक साँझ हुने

मंगलबार, ०८ पुस २०७६

पुस ८,

ग्लोबल आवाज

बुटवल । अंग्रेजी नयाँ वर्ष- २०२० को स्वागतका अवसरमा बुटवलमा सांगेतिक साँझ हुने भएको छ । अंग्रेजी वर्ष २०१९ लाई विदाई गर्दै वर्ष र २०२० लाई स्वागत गर्नका लागि आगामी पौष १५ गते (डिसेम्बर ३१) का दिन बुटवलको योगीकुटीमा रहेका होटल पौवामा सांगेतिक साँझ हुने भएको हो ।

होटल पौवा र एबिसी टेलिभिजनको आयोजनामा हुने सांगेतिक साँझमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने होटेल पौवा प्रा.लि.का प्रबन्ध निर्देशक बिष्णु प्रसाद भुसाल बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए । भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्नेगरी आयोजना गरिएको कार्यक्रमबाट पौवाको आठौ शाखाका रुपमा रहेको योगिकुटी शाखाको औपचारिक रुपमा सुभारम्भ गिरिने प्रा.लि.का प्रवन्ध निर्देशक ज्ञवालीले जानकारी बताए ।

साँझमा राष्ट्रिय कलाकारहरु जनगायक जीवन शर्मा, पप तथा आधुनिक गायक प्रमोद खरेल, लोक गायिका राधिका हमाल तथा स्थानीय रुद्रदेवि कलाकेन्द्रको समेत प्रस्तुती रहने एबीसी टेलिभिजनका प्रदेश नम्बर पाँच व्युरो प्रमुख शरण कर्मचार्यले जानकारी दिए । एबीसी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने साँगेतिक कार्यक्रममा १० हजार बढी दर्शकको उपस्थिती रहने आयोजकको अपेक्षा रहेको छ ।