ताजा अपडेट »

राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग

आइतबार, १८ मंसिर २०७९

बुटवल । एमालेबाट निर्वाचित रुपन्देहीका ४ जना प्रदेश सांसदहरुले अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन् ।

प्रदेश सांसदहरु लिला गिरी, भूमिशवर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अब केही दिनमा बन्ने प्रदेश सभा र प्रदेश सरकारको जिम्मेवारीमाथि काम चलाउ सरकारलाई हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।