ताजा अपडेट »

पोखरा प्रिमियर लिग: चितवनकाे लगातार पाँचाै‌ँ जित

मंगलबार, ०८ पुस २०७६

पुस ८,

पोखरा । चितवन राइनोजले दोस्रो संंस्करणको पोखरा प्रिमियर लिगमा अहिलेसम्मका सबै खेलमा जित दर्ता गरेको छ । यस अघिनै प्ल्अफमा स्थान बनाइसकेको चितवनले आज भएको पाँचौँ खेलमा काठमाडौं गोल्डेन्सलाई पराजित गरेको हो ।

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले मंगलबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो ।पोखरा रंगशालामा चितवनले दिएको लागि १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियोजितसंगै चितवन पाँच खेलमा पराजित रहदै फाइनल पुगेको हो ।