काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिएर टिप्पणी गरेका छन् ।मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई संवोधन गर्दै अध्यक्ष ओलीले रास्वपाको उदयलाई रहस्यमय रहेको टिप्पणी गरेका हुन्। अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै ओलीले प्रश्न समेत गरेका छन् ।
ओलीले अगाडि भने, ‘संयोग नै भनौं अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ। त्यसको चिन्ह घण्टी छ। फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ। दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ। फ्रिडम पार्टी भनेको छ, संयोग नै होला। अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी हावा नहाली कसरी हुप्प भयो रु केही त होला ।’उनले यसबारे थप टिप्पणी गर्ने पक्षमा आफू नरहेको समेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया