माघ २५,
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा उनले संयुक्त राष्ट्रसंघ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराइन् ।
इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले पनि भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिइन् ।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित थिए ।
प्रतिक्रिया