ताजा अपडेट »

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी

आइतबार, ११ मंसिर २०७९

इलाम । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कांग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गरेर  इलाम २ बाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । 

नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट ०७४ मा पनि नेम्वाङ नै निर्वाचित भएका थिए ।