ताजा अपडेट »

बालकृष्ण खाँण दिपक बोहोरा भन्दा ४७३ मतले पछि परे

शुक्रबार, ०९ मंसिर २०७९

बुटवल । रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खांणलाई पछि पारेका छन् ।

बोहराले  २७ हजार ६३१ मत पाएर अग्रता लिंदा सत्ता गठबन्धनका उम्मेदवार खाँणले २७ हजार १५८ मत पाएका छन् । करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण ४७३ मतले पछि परेका हुन् ।