बुटवल । गुल्मी १ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी १ मा जित हात पारेका हुन् ।
मतपरिणामअनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् ।निर्वाचन कार्यालयले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ । यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी १ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए ।
प्रतिक्रिया