ताजा अपडेट »

कृषि अुनदानको रकम दुरुपयोग !

सोमबार, ०७ पुस २०७६

पुस ७,

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.- ११ सडवामा रहेको नव प्रगतिशिल बहुउद्देश्यीय कृषक समुहले गरेको बाख्रा पालनमा अनुदानको रकम उपयोग हुन सकेको छैन । स्थलगत रुपमा गएर हेर्दा हाल जम्मा ६ वटा बाख्रा समुहको अध्यक्षको घरमा रहेको पाइएको छ । बाख्रा पालनको लागी बनाइएको खोर पनि विगत तिन महिना देखि वन्द रहेको समुहका अध्यक्ष दुर्गा खनाल बताउछन् ।

प्रदेश सरकार संग ६ लाख अनुदान पाएका समुहले शुरुवाती चरणमा ५६ वटा बाख्रा पालेको अध्यक्ष खनालले बताए । उनले बाख्रामा पिपिआर रोग लागेर १७ वटा बाख्रा मरेको खनाले जानकारी दिए । थप बाख्राहरुमा पनि रोग लागेपछि एक पटक १७ बटा र अर्को पटक १० वटा बाख्रा हरु सस्तो मुल्यमा चन्द्रौटा वजारमा बेच्न परेको उनको भनाइ थियो ।

पुरानो बाख्रा खोर सुविधा जनक नभएको हुनाले नया आधुनिक बाख्रा पालनको लागी पक्कि भवन को निर्माण क्रममा रहेकोे खनाले बताए । जिल्लामा बाख्राको विमा नहुनु र पि पि आर रोग भ्याक्सीन समयमा उपलव्ध नहुनको कारण ले गर्दा समुह लाई घाटा बेहुर्न परेको अध्यक्षले बताएका छन यस्तै गरी कपिलवस्तु नगरपालिका वडा नं २ मा रहेको हृदय कृषक समुहले तरकारी खेतीको लागि आएको अनुदान रकमले जग्गामा तारवार गर्नुको साथै कृषि उपकरण हरु खरिद गरेको छ ।

गत आ.व. २०७५/०७६ जेठमा कृषि ज्ञान केन्द्र संग बोडी, घिरौला, भिन्डी लगाएत तरकारी खेती तथा बोरीगं जडान आदि गर्ने सम्झौता भए पनि यस कृषक समुहले हाल सम्म तरकारी खेती गर्न सकेको छैन । ६ लाख अुनदान लेखिए पनि समुहले ४ लाख ७० हजारको हारहारीमा मात्र अनुदान पाएको समुहका अध्यक्ष मनबहाल बरइले बताए छन । सम्झौता ढिलो भएको हुदा तरकारी खेतीमा समस्या परेको उहाको भनाइ थियो ।

धान खेती को समय खेतमा विउ विजन लगाइसकेको हुदा तरकारी खेती गर्न ढिलाई भएको उनले बताए ।तरकारी खेतीको पैैसा दुरुपयोग नभइ बोरीगं जडान, पम्पसेट, जिरोभेटर लगाएत कृषिउपकरण खरिदमा प्रयोग गरिएको बताएका छन । -कपिलवस्तुबाट गुलाम अलिको सहयोगमा