ताजा अपडेट »

एमाले महासचिव पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

विहीबार, ०८ मंसिर २०७९

दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्। उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्। उनले नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेललाई हराएकी हुन्।

माओवादीकी उम्मेदवार रेखाले २६ हजार ८ सय ७७ मत ल्याएकी छन्। यहाँ पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्। उनीहरूबीच १९६ मतान्तर छ। रेखा प्रत्यक्षतर्फबाट पहिलो पटक सांसद भएकी हुन्। यहाँ रेखा सत्ता गठबन्धनको साझा उम्मेदवार थिइन्।