बुटवल । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गरे ।नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उठेका थिए ।
अन्तिम मत परिणामअनुसार धारो चुनावबाट उठेका पुनले १४ हजार ९ सय २७ मत प्राप्त गरे। त्यहाँ कांग्रेसका पुनले १० हजार ४ सय ६ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा एमाले उम्मेदवार छन्। उनले ८ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया