माघ २५,
काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक संघीय संसद् भवन नया बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो।
बैठकमा आज पनि प्रश्नोत्तर सत्र संचालन हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा श्रम तथा रोजगार मन्त्रालय र भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय बारे प्रश्नोत्तर सत्र संचालन हुनेछ।
संसदमा उठेको प्रश्नहरुको श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र भुमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जवाफ दिने कार्यतालिका छ।
यसै बीच आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। बैठक बिहान साढे १० बजे बस्नेछ ।
प्रतिक्रिया