बुटवल । प्रतिनिधिसभातर्फको जारी मतगणनामा रुपन्देही–१ मा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार १७७१७ मत गनेर सक्दा विश्वकर्माले ४४१२ मतकासाथ अघि छन् ।
दोस्रो स्थानमा सत्ता गठबन्धन दलको समर्थ पाएका नेता घनश्याम भुसाल छन् । उनले त्रिभुज चिन्हमा ३४१८ मत प्राप्त गरेका छन् । तेस्रोमा रहेको ढकिया चुनाव चिन्हमा ३१५७ मत प्राप्त भएको छ ।
प्रतिक्रिया