ताजा अपडेट »

गगन थापाको ह्याट्रिक जित

मंगलबार, ०६ मंसिर २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ७४५७ मतान्तरले विजयी भएका छन् । काठमाडौं–४ मा एमालेका राजन भट्टराईलाई हराउँदै थापा ह्याट्रिक जित निकालेका छन् । 

थापाले २१ हजार २९४ मत प्राप्त गरेका छन् एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापा यसअघि ०७४ र ०७० को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।