ताजा अपडेट »

रुपन्देही–५ मा बासुदेव घिमिरे अघि लागे, शाह दोस्रोमा

मंगलबार, ०६ मंसिर २०७९

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली काँग्रेसका भरत शाहलाई उछिन्दै नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन् । १३ हजार मतको गणना हुंदा घिमिरेले ५०७० र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले ४७५२ मत पाएका छन् ।