ताजा अपडेट »

मुटु अस्पतालको स्थापना दिवस अवसरमा रक्तदान

आइतबार, ०६ पुस २०७६


पुस ६,
ग्लोबल आवाज

बुटवल । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सातौं स्थापना दिवसको अवसरमा रोटरी तथा रोट्¥याक्ट क्लबहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ तिनाउ बुटवल र रोटरी क्लब अफ लुम्बिनी स्टार्स तथा रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवल, रोट्¥याक्ट क्लब अफ तिनाउ बुटवल, रोट्रयाक्ट क्लब अफ जिबिस र रोट्¥याक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।


रक्तदान गरी कार्यक्रमको शुभारम्भ गर्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालको स्थापना दिवसको अवसर पारी रोटरी तथा रोट्रयाक्ट क्लबहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको प्रति खुसी व्यक्त गरे । उनले रगतको अभावमा कोहि कसैले पनि ज्यान गुमाउन नपरोस् भन्नका लागि हरेक स्वस्थ्य व्यक्तिलाई रक्तदान प्रति उत्प्रेरणा जगाउनुपर्ने बताए । कार्यक्रममा एकसय एक जनाले रक्तदान गरेको अस्पतालका प्रशासकिय प्रमुख कमल भण्डारीले जानकारी दिए ।कार्यक्रम रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीको अध्यक्षता, रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष भगवती पाण्डेको स्वागत तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष यादव भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।