बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनीएकोमा सर्वदलीय बैठक लम्बिएपछि गणनामा केही ढिलाई भएको हो ।
निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना सुरु भएको निर्वाचन अधिकृत उदविर नेपालीले जानकारी दिए । सुरुमा सरस्वती मावि बुटवल-१ र न्युलाइट मावि तिलोत्तमाको पाँचवटा मतपेटिका खोलिएको छ ।
रुपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमुक्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) उम्मेदवार छन् ।
प्रतिक्रिया