ताजा अपडेट »

दहमा डुबेर दाङमा २ बालकको मृत्यु

आइतबार, ०६ पुस २०७६

पुस ६,

ग्लोबल आवाज

दाङ । दहमा डुबेर दाङमा दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ अठ्ठाईसे बस्ने भुपेन्द्र घर्तीका अढाई वर्षीय छोरा युवराज घर्ती र सोही ठाउँका बुद्धिराम घर्तीका ४ वर्षीय छोरा समिर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आफ्नै घर छेउमा रहेको किचिनि दहमा नुहाउने क्रममा डुबेर बेहोस भएका उनीहरूको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।