बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा मतदान सकिएसँगै मतपेटिका संकलन गर्ने काम सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय बुटवलका प्रमुख उदविर नेपालीका अनुसार यस क्षेत्रमा ६६ देखि ७० प्रतिशत खसेको प्रारम्भिक आंकलन गरिएको छ ।
१३१ मतदान केन्द्र रहेको रुपन्देही २ मा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन् । निर्वाचन अधिकृत नेपालीका अनुसार गणना कहिलेदेखि सुरु गर्ने भन्ने विषयको अहिलेसम्म टुङ्गो लागेको छैन । सबै मतदान केन्द्रहरुबाट मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसी सो बारे निर्णय गरिने बताउँदै उनले बैठक बस्ने समय समेत टुङ्गो नलागेको बताए ।
प्रतिक्रिया