ताजा अपडेट »

पश्चिम नवलपरासीमा ७२ प्रतिशत मत खस्यो, रातीबाटै मतगणनाको तयारी

आइतबार, ०४ मंसिर २०७९

परासी । पश्चिम नवलपरासीको मतगणना दुई स्थानमा हुने भएको छ । निर्वाचन क्षेत्र नम्बर १ को मतगणना बर्दघाट नगरपालिकाको कार्यालय बर्दघाट र क्षेत्र नम्बर २ को रामग्राम नगरपालिकाको कार्यालय परासीमा हुने छ । मतदान सम्पन्न भई मतदान स्थलबाट मतपेटिका आएपछि सर्वदलीय बैठक गर्ने र सर्वदलीय बैठकका आधारमा मतगणना सकेसम्म आजै शुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार मतगणना हुने दुवै स्थानको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । मतगणना स्थलमा तार जाली लगाउने काम भएको छ । यस्तै सिसी टिभी क्यामरा जडानको काम समेत सम्पन्न भएको छ ।
गणनास्थलको लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको छ भने गणना स्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । पश्चिम नवलपरासीमा ७२ प्रतिशत मत खसेको छ ।