ताजा अपडेट »

गुल्मीको कालीगण्डकी-२ अर्बेनीमा मतदान स्थगित

आइतबार, ०४ मंसिर २०७९

गुल्मी । जिल्लाको क्षेत्र नम्ब-१ अन्तरगत कालीगण्डकी गाउँपालिका-२ अर्बेनीमा मतदान स्थगित भएको छ । स्थानीय भगवती माध्यमिक विद्यालयको क केन्द्रमा मतदान स्थगित भएको हो । निर्वाचन प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

त्यस्ता मत पत्र ५५ वटा रहेको बताईएको छ । त्यस केन्द्रमा अन्य मतदान अधिकृत सहितको टोली पठाएर पुनः मतदान गर्ने बताईएको छ । तर पुन ः मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भैरहेको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारि दिए । केन्द्रका मतदान अधिकृत होमनाथ पौडेलका अनुसार दिउँसो साढे २ बजेको समयसम्म चलेको मतदानका क्रममा त्यस मतदान केन्द्रको क बुथमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको ठाउँमा प्रदेश प्रत्यक्षको ५५ वटा मत फेला परेपछि त्यस बुथसहित ‘ख’मा पनि रोकिएको थियो ।

‘क’ मा ३५० र ‘ख’ मा करिव ३ सय मत खसेको थियो । एक लाख २३ हजार ६१५ मतदाता रहेको गुल्मीमा आइतबार भएको निर्वाचनमा करिब ५५ देखि ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।