परासी । पश्चिम नवलपरासीमा बिहानैबाट शान्तीपुर्ण रुपमा मतदान भईरहेको छ । जिल्लाका १२० मतदान स्थलका २ सय ८७ मतदान केन्द्रमा उत्साहपुर्व मतदान भईरहेको छ । पछिल्लो अपडेट अनुसार दिउँसो २ः३० बजेसम्म ४६ प्रतिशत मत खसेको छ ।
अर्थात १ लाख ११ हजार ९ सय ४१ मत खसेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । जसमध्ये महिला ५८ हजार ८ सय ५६, पुरुष ५३ हजार ८२ र अन्यमा २ मत खसेको छ ।
जिल्लाको प्रतापपुर गाँउपालिकामा रहेको जनता आधारभुत विद्यालयबाट १ सय १ वर्षीया जेष्ठ नागरिक कलावती केवट र रामग्राम १८ धरमपुरमा १ सय ३ वर्षिय फुलमति तामाङ्गले मतदान गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
जिल्लामा कुल २ लाख ४० हजार ९ सय ३० मतदाता रहेका छन् । जसमध्ये महिला १ लाख १९ हजार ६५, पुरुष १ लाख २१ हजार ८ सय ६१ र अन्य ४ जना मतदाता रहेको जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ ।
प्रतिक्रिया