परासी । पश्चिम नवलपरासीमा एक जना मतदान अधिकृतले दिउँसै मादकपदार्थ पिए पछि अधिकृतलाई जिम्मेवारीबाट हटाईएको छ । वाक्वाणी मावि सुनवल ११ मा खटिएका मतदान अधिकृत पृथ्वी राज चौधरीलाई मादक पर्दाथ सेवन गरेको पाईएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
उनको स्थानमा वैकल्पिक व्यवस्था गरी अर्का मतदान अधिकृत खटाईएको छ । विहिबार आज परासीमा जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र सहितका मतदान समाग्रि बुझेर सम्बन्धीत मतदान स्थलमा जानुपर्नेमा उनि मादक पदार्थ सेवन गरी आचरण विपरितको काम गरेकाले जिम्मेवारीबाट हटाएर अनसुन्धान सुरु गरेको प्रहरीले जनाएको
प्रतिक्रिया