पुस ६,
ग्लोबल आवाज
बुटवल । मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवल उप–महानगर कमिटीको चौथो पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले ११ औं वार्षिकोत्सबको अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।स्थापना दिवसको पुर्व सन्ध्यामा पुस १२ गते आदर्शनगर चोकमा रक्तदान गर्ने कमिटिले बताएको छ । त्यसैगरी पाँचौ बटौली ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगिता पुस २९ गते हुने भएको छ ।
छात्र र छात्रा सहभागि हुने प्रतियोगिता योगिकुटी देखि ट्राफिक चोकसम्म हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने छात्र छात्राले ११ हजार १ सय ११ रुपैया प्राप्त गर्ने कार्यक्रम संयोजक केशव पौडेलले जानकारी दिए । यसैगरी तेस्रो मदन भण्डारी अन्तर मा.बि. फुटसल प्रतियोगिता –२०७६ माघ ३ गते हुने निर्णय बैठकले गरेको छ । फुटसल प्रतियोगितामा विजेताले नगद २४ हजार र उपविजेताले नगद १२ हजार प्राप्त गर्ने कार्यक्रम संयोजक मदन जंग पुनले जानाकारी दिए । सोही अवसरमा विभिन्न आश्रममा राहत वितरण गरिने समेत बताइएको छ ।
बैठकमा मदन भण्डारी स्पोर्टस् एकेडेमी रुपन्देहीका जिल्ला कमिटिका पुर्व अध्यक्ष था नगरखेलकु विकास समितिका संयोजक नन्दु काउचा, मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवलका पुर्व अध्यक्ष तथा जिल्ला सह–सचिब बिकास जंग बस्नेत, मदन भण्डारी स्पोर्ट्स एकेडेमी जिल्ला सदस्य दिनेश थापा,. पुर्व उपाध्यक्ष अर्जुन जंग के.सी लगाएतले बोलेका थिए । बैठक समुन्द्र श्रेष्ठको अध्यक्षता, कमिटिका उपाध्यक्ष किशोर सुवेदीको स्वागत तथा कार्यक्रम संचालन कमिटीका सचिब केशब पौडेलले गरेका थिए ।
प्रतिक्रिया