ताजा अपडेट »

भोलि राति १२ बजेदेखि स्थिर समय

बुधबार, ३० कार्तिक २०७९

काठमाण्डौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते भोलि राति १२ बजेदेखि सुरु हुने बताएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो।

यो समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले भिडियो सन्देशमार्फत् जानकारी गराएका हुन्।