ताजा अपडेट »

लुम्बिनीको राजधानी दाङ लैजाने निर्णय सच्याउनुपर्छ : गृहमन्त्री खाँण

बुधबार, ३० कार्तिक २०७९

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने बताएका छन् । उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा राजधानी लैजादा नेपाल सरकारको खरबौं रकम लगाउनुपर्ने भएकाले उक्त निर्णय सच्चाउनुपर्ने बताए । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले राजधानी तोक्ने अधिकार प्रदेश सभाको भएकाले त्यसलाई परीक्षण गर्ने र सच्चाउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे ।

‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा त्यहाँको पूर्वाधार निर्माण, पानी, सिञ्चाइ, सडक र भवन बनाउँदा नेपाल सरकारको खरबौं रकम खर्च हुने रहेछ ।’,–गृहमन्त्री खाणले भने, ‘यतिधेरै सरकारको रकम खर्च गर्न सकिदैन । प्रदेशले त्यसलाई परीक्षण गरोस् । निर्णय सच्चाओस् ।’ लुम्बिनी प्रदेश सभाले २०७८ असोज २१ मा दाङको देउखुरीमा स्थायी राजधानी तोकेको थियो । गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा आफ्नो अगुवाइमा अस्थायी राजधानी स्थापना गरेको स्मरण गरे । उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाइ संजालको सुगमताका कारण राजधानी बुटवलमा राख्नेमात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरेको बताउदै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुर्नविचार हुने दाबी गरे ।

गृहमन्त्री खाँणले प्रदेश सरकारले हतारिएर चुनावको मुखमा यहाँका सामान लोड गरेर दाङ लैजान हतार गरेको भन्दै असन्तुष्टि पोखे । सहमतीविना राजधानी सारिए बाटोबाटै फर्काउने समेत उनले चेतावनी दिए । सबै दल र नेता चुनाव प्रचारमा लागेका बेला प्रदेश सरकारले यताका सामान लोड गरे राजधानी सर्यो भन्दै उता लगेको छरे ।’, रुपन्देहीका जनतालाई थाहा निदई कसैले राजधानी सार्छ भने बाटैबाट त्यो राजधानी सारेर फिर्ता ल्याइने छ ।’ उनले भने ।

गृहमन्त्रीले देशको मध्यभागमा रहेको रुपन्देही विकासको ठूलो सम्भावनाको बोकेको जिल्ला भएको बताउँदै विकासको आधार खडा गर्न दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताए । बुद्धजन्मस्थल लुम्बिनीको महत्व विश्वभर बढाउन अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल बनाएको बताउँदै यसलाई पूर्णरुपमा संचालन गर्ने योजना बनाएको बताए । विकासलाई रुपन्देही केन्द्रीत गरेको बताउदै यहाँको विकास देशकै विकासको आधार रहेको बताए । खाँणले रुपन्देहीमा विकासको आधार तयार पार्नका लागि यहाँका जनप्रतिनिधिहरु बीच मिलेर अघि बढ्नुपर्ने आवश्यकता समेत औंल्याए।