गुल्मी । इस्मा गाउँपालिकामामा ५० घर परिवार विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले इस्मा गाउँकमिटीको आयोजनामा इस्मा मैदानमा आयोजित चुनावी सभामा काङ्ग्रेस र माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन ।
प्रवेश गर्ने सबैलाई एमाले सचीव तथा प्रतिनिधि सभा क्षेत्र न २ का उमेदवार गोकर्ण बिष्टले स्वागत गरेका हुन् । नव प्रबेशीलाई स्वागत तथा चुनावी सभालाई सम्बोधन गर्दै बिष्टले आफू सधैं जनताको सेवामा लामो समयदेखि लागिरहेकाले क्षणिक भ्रममा नपर्न सबैलाई आग्रह गरे । उनले चुनावी दौरानमा सबै मतदाताको घरमा पुग्न नसके पनि नागरिकका अधुरा बिकास चाहाना पूरा गर्न आफूलाई मतदान गर्न बिष्टले आग्रह गरे ।
प्रतिक्रिया