ताजा अपडेट »

लगातार बढ्दै सुनको मूल्य, आज कति छ ?

बुधबार, ३० कार्तिक २०७९

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।  मंगलबार प्रतितोला ९८ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले बढेर ९८ हजार ४ रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ३० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।