ताजा अपडेट »

धान झुलेको छ…

मंगलबार, २९ कार्तिक २०७९

गुल्मी । यसपालीको चुनावी चहल–पहलसंगै बारीमा कोदो र खेतमा धान झुलेको दृश्यले सबैको ध्यान खिचेको छ । हरियाली डाँडाकाँडा, निलरह खोलानालाबीच सुन्दरगाउँ बस्ती हेर्दा प्राकृतिक रुपमा साँच्ची नै हाम्रो मुलक अत्यन्तै सुन्दर छ । त्यही सुन्दरताले भरिएको मुलुकको एउटा उदाहरण हो गुल्मीको बडिगाड फाँट । जहाँ यति बेला धान झुलेर पहँलपुर छ ।

कलाकारहरुले त्यसै गीत जुराएका रहने छन्–‘धान झुलेको छ, कहाँ जाउँ–कहाँ जाउँ भैरा छ मन डुलेको छ…’ साँच्ची नै हाम्रो पनि कता–कता मन डुलायो । गुल्मी क्षेत्र नम्बर १ स्थित प्रदेश ‘क’ का सत्ता गठबन्धन उमेदवार तथा पुर्वमन्त्री सुदर्शन बराल र एमाले उमेदवार चिन्तामणि पाण्डे संग भेट्न जाने क्रममा खैरेनी , चोरकाटेपुल हुँदै वारी हुँगाको उकालो लाग्ने क्रममा गाडीका सबै जना पत्रकारहरुको ध्यान पारी चिदिपानी तलको खुरुङ्क फाँटले खिच्यो ।

हामीपनि सबै जना झरेर हाम्रो मन लोभ्याउने त्यो दृश्यलाई खिच्यौं। साँझको बेला पनि सुन जस्तै पहेलपुर बोलीरहेको त्यो दृश्यलाई हामीले चुम्नु चुम्यौ र पनि अझै धिक मरेको छैन।

त्यस फाँटले थप जिज्ञासा बनायो र हामीले सत्यवती गाउँपालिका ७ का वडाध्यक्ष लोकबहादुर बुढाथोकीसंग फोन गरेर जिज्ञासा मेटाऔं । उनका अनुसार साविक जुनियाँ गाविस –९ को त्यस खुरुङ्क फाँट चिदिपानी गाउँका भण्डारी, खत्री , हमाल र बिश्वकर्मा लगायतका समुदायको प्रसिद्ध फाँट हो ।

बसाइ–सराईका कारण कतिपयले त्यस फाँटको खेत अधियाँ गर्न र भाडामा दिने समेत गरेका छन् । भाडामा लिएर त्यस फाँटको बीचमा टनेलमुनी ब्यवसायिक तरकारी खेती गर्दै आएका छन् चिदीपानीका शेरबहादुर शाहीले । घरमा परिवार नभएपछि स्थानीय टोपकला खत्री र भारतिर नोकरी गरेर बस्ने इन्द्रबहादुर खत्रीको सहित करिव ९ रोपनी खेत उनले भाडामा लिई गत ३ वर्षदेखि ब्यवसायिक तरकारी खेती गर्दै आएका छन् ।

परम्परागत खेतीबाटको तुलनामा चौगुणा आम्दानी तरकारी खेतीले दिने भए पनि बसाई सराईका कारण अधिकांसले त्यही पराम्परागत खेती समेत जनतन निरन्तरता दिँदै आएका छन् । हामीले सामाजिक सञ्जाल मार्फत देखिने चिनका खेतफाँटहरुको सौन्दर्यभन्दा त्यस खुरुङ्क फाँट सहित सिंगो बडिगाड फाँट कम देखिन्न ।

हाम्रो मन ती फाँटहरुमा पुगे पनि नेताहरुको मन मतदाताप्रति नै डुलेको थियो । त्यस फाँट तल चोरकाटे बजार र निलरह बडिगाड खोलाले प्राकृतिक सुन्दरतालाई थप आकर्षित गर्ने गरेको छ ।