पुस ५
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका र सिम नेपालको साझेदारीमा सञ्चालित शून्य पोलोथिन सरसफाई अभियान अन्तर्गत शनिबार वडा नं. २ मा सघन सरसफाई गरिएको छ । झण्डै दुई हजार वडाबासीको सहभागितामा छत्तीस नहर, योगीकुटी, जानकीनगर, शंकरनगर लगायत वडा नं. २ का टोल, सडक, सार्वजनिक स्थानमा सरसफाई गरिएको वडाध्यक्ष दधिराम गौतमले जानकारी दिनुभयो । शनिबारको सरसफाईबाट ५ ट्रेक्टर पोलोथिनजन्य फोहार संकलन गरिएको छ ।
कार्यक्रममा वडाध्यक्ष गौतमले सरसफाईमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै पोलोथिनजन्य फोहोर तोकिएको ठाउँमा मात्र बिसर्जन गर्न सबै वडाबासीलाई आग्रह गरे । सबैको प्रयासले मात्र वडालाई सफा बनाउन सकिने बताउँदै उनले सडक, सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न सबैलाई सचेत गराए । तिलोत्तमा नगरलाई शुन्य पोलिथिन क्षेत्र बनाउनका लागि ‘जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर’ भन्ने नारा लिई अघि बढेको अभियान सिम नेपालको साझेदारीमा सञ्चालन भएको हो । तिलोत्तमालाई नमुना नगरपालिका बनाउँदै नगरबासीमा वातावरण सम्बन्धी सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको अभियान्ता एवं वातावरणविद् निपेश ढाकाले बताए ।
तिलोत्तमाले गत साउनदेखि नैं पोलोथिन झोला निषेध गरिसकेको छ । तिलोत्तमाको यो घोषणालाई सफल कार्यान्वयनमा ल्याउन पोलिथिन शुन्य बनाउने लक्ष्यमा अघि बढेको सिम नेपालले आफ्नो अभियानको सुरुवात तिलोत्तमाबाट गरेको हो । ‘हामीहरुको उद्देश्य भनेको खेतबारी, कृषिभूमि, वनजंगल, खोलानाला, कुला, सार्वजनिक स्थान, सडकमा भएको पोलोथिनजन्य फोहोरलाई शुन्यतामा झार्ने हो ।’–अभियान्ता ढाकाको दाबी छ ।
ग्रीन तिलोत्तमा: क्लिन तिलोत्तमाको अभियानलाई साथ दिन ग्रीनरी नेपालका अभियन्ताहरु तिलोत्तमा आएको ढाकाले बताए । अहिले अभियान्ताहरु पोलोथिनलाई शुन्यतामा झार्ने प्रयासका साथ तिलोत्तमाका टोल–टोलमा पुगेका छन्
प्रतिक्रिया