परासी । पूर्व गृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका तर्फबाट संघीय प्रतिनिधि सभा सदस्य २ का उम्मेदवार देवेन्द्रराज कंडेलले तिन पुस्तादेखि आफूसँग भएको राजनीतिक चाबी असल र विश्वासिलो व्यक्ति नपाउँदा हस्तान्तरण गर्न नसकेको बताएका छन् । रोटरी क्लब अफ नवलपरासीको हिजो सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०७९ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु सँगको निर्वाचन बहस (ककस) कार्यक्रममा बोल्दै आफ्नो बलबुताले नवलपरासीमा नेपाली कांग्रेसको राजनीतिक विरासत जोगाएको बताए ।
उनले कार्यक्रममा बोल्दै तीन पुस्तादेखि नवलपरासीको राजनीतिमा सक्रिय भएर लाग्दै गर्दा विभिन्न जनताका दुःख पीडाहरु नजिकबाट देखे-भोगेको र आफूले पनि यस क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएकाले जनताको विश्वास अझै पनि रहेको बताए । नवलपरासीमा कांग्रेसको इतिहासलाई २०१५ सालदेखि बुवा पृथ्वीराज कणंडेलले सुरुभएको हुनाले नेपाली कंग्रेसको राजनीति इतिहास आफूले विश्वासिलो पात्र नपाउँदा हस्तान्तरण गर्न नसकिएको दुखेसो व्यक्त गरे । कार्यक्रममा उनले आफू कुनैपनि सरकारी जागिर नखाएको र आफ्नो जीवन राजनीतिमै समर्पित गरेकाले नआत्तिन आग्रह गरे । उनले आफ्नो बलबुताले भ्याएसम्म र जनताले साथ दिंदासम्म राजनितिमा सक्रिय भएर काम गर्ने बताए । राजनीतिबाट कुनैपनि अवकाश नहुने हुँदा स्वास्थ्य र जनताले साथ दिंदासम्म राजनीतिमा सक्रिय भएर अगाडी बढ्ने बताए ।
राजनैतिक विरासत बोकेको नेपाली कांग्रेसको इतिहास र नवलपरासीको राजनीतिलाई असल र विश्वासिलो छोरा भेट्टाएमा राजनीतिक साँचो हस्तान्तरण गर्ने बताए । उनेले कार्यक्रममा उपस्थित जनताको प्रश्नलाई सम्बोधन गर्दै कार्यक्रममा आफ्नो धारणा व्यक्त गरेका हुन् । रोटरी क्लब अफ नवलपरासीको आयोजनामा प्रतिनिधिसभा निर्वाचन २०७९ निर्वाचन क्षेत्र नम्बर-२ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुसँग निर्वाचन बहस (ककस) को आयोजजा गरिको थियो । कार्यक्रम रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षता तथा ईमेज चेयर मेघराज गौतम र कोषाध्यक्ष उर्मीला बानियाले सञ्चालन भएको थियो । इलेक्ट प्रेसिडेन्ट विरेन्द्र अग्रहरीले कार्यक्रम समापज गरेका थिए ।
प्रतिक्रिया