पाल्पा । नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले नागरिकका समस्या सरल र सहज ढंगले छिटो सम्पादन गर्ने जनप्रतिनिधी जनताले खोजेको बताएका छन् । विगतमा विभिन्न नाता गोता प्रयोग गरेर उम्मेदवार बन्ने जितेपछी जनतालाई मुख पनि नदेखाउने उम्मेदवारसँग जनता सावधान हुनुपर्ने बताए ।
गैरेले नागरिकले पाउनुपर्ने सेवा सर्वसुलभ र झन्झटमुक्त बनाउन जनप्रतिनीधि जनताप्रति निष्ठावान बन्नुपर्ने बताए । माथागढी गाउँपालिका–१ चिदीपानीको घरदैलोका क्रममा नेता गैरेले आफ्नो क्षेत्रभित्रका स्रोतसाधन, खानी र वनजङ्गल, पानीको मुहान, तालतलैया, धार्मिक स्थानलगायतका महत्वपूर्ण संरचना र स्रोतलाई प्राथमिकतामा राखी विकास योजना बनाएको बताए ।
एमाले उम्मेदवार गैरेले चिदीपानीका सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क निर्माण, मठमन्दिर, पाटी, चौतारा, पुस्तकालय, खेलकुद मैदान जस्ता स्थलनिर्माणमा जोड दिने बताए । गैरेले सबै प्रकारका कार्यका लागि स्थायी योजना तर्जुमा गर्ने प्रभावकारी प्रक्रियाको अवलम्बन गर्नु पनि जरुरी रहेको भन्दै योजनाबिनाको कार्य प्रभावकारी नहुने बताए ।
प्रतिक्रिया