काठमाडौं । दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि सिद्धार्थ बैंकले जितेको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शनिबार भएको फाइनलमा सिद्धार्थले प्रभु बैंकलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा सिद्धार्थ वैंकका शान्तिराम कार्की, सन्जिब श्रेष्ठ र राजु श्रेष्ठले गोल गरे । प्रभु वैंकका केशव योगी र विकास तामाङले गोल गरे । अमनराज बज्राचार्य गोल गर्नबाट चुके।
उपाधिसँगै सिद्दार्थले ट्रफी, मेडल, प्रमाणपत्र तथा केटीएम सिटीबाट ४५ हजार रुपियाँ बाबरको गिफ्ट भौचर प्राप्त गरेको छ । उपविजेता प्रभुले जेन्स पार्कको तर्फबाट आठ सय रुपयिाँ बराबरको गिफ्ट भौचर प्राप्त गरेको छ ।
प्रतिक्रिया