ताजा अपडेट »

प्रधानमन्त्रीको ट्वीटर ह्याक, छानबिन हुँदै

शनिबार, ०५ पुस २०७६

पुस ५,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलासा भएको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको हो ।

प्रधानमन्त्री ‌ओलीकाे ह्याण्डलबाट भएकाे रिट्वीट । अहिले याे रिट्वीट हटाइसकिएकाे छ ।

भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ ट्वीटरको पासवर्ड दुरुपयोग गरेर रि–ट्वीट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरबाटै भने, ‘प्रधानमन्त्रीको ट्वीटरको पासवर्ड दुरुपयोग भएको छ । उक्त विषयमा छानबिन भइरहेको छ ।’ प्रधानमन्त्री ओलीको ह्याण्डलबाट भएको रि–ट्वीट केही घण्टामै हटाइएको थियो ।

https://twitter.com/ThapajiSurya/status/1208076814448578562?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1208076814448578562&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F30238%2F2019%2F12%2F21%2Fkp-sharma-oli-retweeted

प्रधानमन्त्रीका प्रेस थापाले प्रधानमन्त्री ओलीको ट्वीटरको पासवर्ड दुरुपयोग भएर यस्तो भएको हुन सक्ने भन्दै छानविन भइरहेको प्रतिकृया दिएका छन् ।

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस नेतृको भिडियोलाई प्रधानमन्त्री ओलीको भेरिफाइड ट्वीटर ह्याण्डलबाट रि–ट्वीट भएपछि सामाजिक सञ्जालमा अनेकौं टिकाटिप्पणी भएको छ ।