ताजा अपडेट »

बढ्यो सुनचाँदीको मूल्य

शुक्रबार, २५ कार्तिक २०७९

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।   

बिहिबार प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९६ हजार ७ रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।