ताजा अपडेट »

गुल्मीमा गोकर्ण विष्टलाई समर्थन गर्दै युवाहरु एमाले प्रवेश

विहीबार, २४ कार्तिक २०७९

गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ का नेकपा एमालेका उमेदवार गोकर्ण बिष्टको समर्थनमा दर्जनौ युवाहरु नेपाली काङ्ग्रेस परित्याग गगरी एमालेमा समाहित भएका छन् । बिहिवार अर्जैमा आयोजित चुनावी सभामा सोही गाउँका गगन राज बिष्टको नेतृत्वमा दर्जन बढी युवाहरु एमालेमा प्रबेश गरेका हुन ।

उनिहरुलाई एमाले सचिव समेत रहेका बिष्टले स्वागत गर्दै एमालेको बिजयी यात्रामा सामेल भएको भन्दै बधाई ज्ञापन गरे । गुल्मी–२ मा सत्तारुढ गठबन्धनकी रामकुमारी झाक्रिसँग विष्टले चुनावी प्रतिस्पर्धा गर्दै छन् ।