काठमाडौं । कतार फिफा विश्वकप फुटबलका लागि वेल्सले टिम घोषणा गरेको छ । प्रशिक्षक रोबर्ट पेजले फरवार्ड ग्यारेथ बेलको कप्तानीमा २६ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
मिडफिल्डर जो एलनलाई चोटको समस्या रहेपनि प्रशिक्षक पेजले आफ्नो अन्तिम टोलीमा समावेश गरेका छन् । रेज नोरिङटन डाभिस ह्यामस्ट्रिङ चोटका कारण बाहिरिएका छन् । समूह ‘बी’ मा रहेको वेल्सले अमेरिकाविरुद्ध नोभेम्बर २१ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
प्रतिक्रिया